
धादिङ असार ६ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखुमा रहेको स्मारिका ट्रेडर्सलाई बजार अनुगमन टोलीले नगद २० हजार जरिवाना गराएको छ ।
धादिङमा नियमित हुँदै आएको बजार अनुगमनको ४१ औं दिन आज मापदण्ड विपरित पसल संचालन गरेको जनाउँदै नगद २० हजार जरिवाना गराएको हो ।
जिल्ला प्रशासन धादिङ र घरेलु कार्यालय धादिङबाट खटिएको अनुगमन टोलीले स्मारिका ट्रेडर्सले साइनबोर्ड नराखी होलसेल पसल संचालन गरेको, गोदाममा लापरबाहीपूर्ण ढंगले म्याद गुज्रिएका सामानहरू राखी बिक्री गर्ने गरेको क्त फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २० हजार नगद जरिवाना गरिएको जनाएको छ ।

