
धादिङ असार ३ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले अबको ३ महिना गाउँपालिका भित्र नदी जन्य पदार्थ उत्खनन गर्न नपाईने र गरे जरिवाना लगाईने जनाएको छ ।
बिहिबार सूचना जारी गर्दै त्रिपुरासुन्दरी असार, साउन र भदौ महिना नदी जन्य पदार्थहरु (ढुङ्गा, गिट्टी र बालुवा) उत्खनन् संकलन निकासी तथा अनधिकृत क्रसर तथा प्रशोधन केन्द्र (फिरफिरे) बन्द गर्ने निर्णय गरेको हो ।
यदि गाउँपालिकोको यो निर्णय उल्लङ्घन गरेको पाईएमा ट्रीपर प्रयोग गरी उत्खनन गरेमा २० हजार, ट्याक्टर स्वाराज प्रयोग गरि उत्खनन् गरेमा १० हजार, जेसीबी प्रयोग गरी उत्खनन गरेमा ३० हजार, एक्साभेटर प्रयोग गरी उत्खनन् गरेमा ५० हजार जरिवाना गरिने सूचनामा जनाईएको छ ।
सूचना जस्ताको तस्तै:


