
धादिङ असार ४ । धादिङ जिल्ला अस्पतलामा कार्यरत हेल्थ असिस्टेन्ट विशाल वर्देवालाई विदामा घर आएका भारतिय सेनामा कार्यरत एक युवाद्वारा अस्पतालको इमर्जेसी कक्ष मै कुटपिट गरेको घटनालाई मिलापत्र गरी टुङ्ग्याईएको छ ।
स्वास्थ्यकर्मी माथि कुटपिट भए २ देखि ५ वर्ष कैद, २ देखि ५ लाख सम्म जरिवाना वा दुबै सजय हुने कानुनी व्यवस्था हुँदा हुँदै पनि अन्य स्वास्थ्यकर्मीहरुको समेत मनोवल गिर्ने गरि उक्त कुटपिट गरेको घटना मिलापत्र गरि टुङ्ग्याईएको पाईएको छ । मलाई हाप पात गर्ने ति युवाको श्रीमती मृगौल फेल, छोरी प्यारालाईसिसको विरामी यहि कारणले मुद्धा मामिलामा मलाई जानमन लागेन उनले पनि माफि मागै कहि कतैबाट प्रसेरमा परेर मिला पत्र नगरिएको वर्देवाले धादिङपोष्टलाई बताए ।
यस घटनाको विषयमा न त अस्पतालले न त स्वास्थ्यकर्मीहरुको संस्थाले नै विज्ञप्ती निकालेर घटना सार्वजनिक गरे ।
यस्तो थियो घटना
करार सेवामा केहि समय अघि मात्रै नियुक्ति भएका स्वास्थ्यकर्मी बर्देवा इमर्जेन्सीमा औषधी चाहिएकोले स्टोरमा गएका थिए स्टोरबाट इमर्जेसीमा आउने वित्तिकै यक्तिकाबेर कहाँ गईस भन्दै ति भारतिय सेनामा कार्यरत ति युवाले हातपात गरेका थिए । यो घटना लग्गतै अस्पतालमा कार्यरत प्रहरीले ति युवालाई नियन्त्रणमा लिएको थियो । श्रीमती र छोरी दुबै विरामी छन् घटना सार्वजनिक भए जागिर समेत जान सक्ने र श्रीमती र छोरीको समेत विजोग हुने हुँदा माफि माग्छु घटना मिलाई दिन प्रहरी र पिडित वर्देवा दुबै सँग अनुरोध गरे सँगै बर्देवाले मिलापत्र गरि घटना सार्वजनिक नगरेको बताईएको छ ।
के भन्छन् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला
स्वास्थ्यकर्मी माथि हातपात हुनु निन्दनिय कुरा हो । म र अस्पतलाका मेसु त्रिभुवन झाले हामी सहयोग गर्छौ उजुरी देउ भनेको हौं । तर वर्देवाले एक पटकलाई माफि दिउँ भनेकाले घटना मिला पत्रमा टुङ्गिएको हो ।

