धादिङबेसीमा इन्धन लिएर हेलिकप्टर आईपुग्यो

Avatar photo
Dhadingpost
असार २, २०७८

धादिङ असार २ । धादिङबेसी स्थित खुल्ला मञ्च टुडीखेलमा आज इन्धन बोकेर माउन्टेन एअरको हेलिकप्टर (पहेलो) आएको छ ।

वर्षादको कारण पटक पटक काठमाडौं अवतरण गर्न प्रयास गर्दा पनि नसकेपछि विगत दुई दिन देखि धादिङबेसी स्थित खुल्ला मञ्च टुडीखेलमा रोकिएको सिम्रिक एअरको हेलिकप्टरको लागि आवश्यक इन्धन लिएर माउन्टेन एअरको हेलिकप्टर धादिङबेसीमा बिहान ७ः४० बजे अवतरण भएको हो ।

फोटो स्रोतः जिल्ला प्रशासन कार्यालय धादिङ