नेत्रावती डवजोङद्वारा बाढी पहिरोबाट सतर्कता अपनाउन आव्हान

Avatar photo
Dhadingpost
असार १, २०७८

धादिङ असार १ । यतिबेला मुलकुभर निरन्तर पानी परि रहेको छ । मौषम विभागले अझै केहि दिन झरी पर्न सक्ने बताए सँगै धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले बाढी पहिरोबाट सतर्कता अपनाउन गाउँपालिकावासीहरुमा आव्हान गरेको छ ।

सूचना जारी गर्दै नेत्रावती डब्जोङले सम्भावित जोखिम प्रति सजक रहँदै समस्या भैहालेमा नजिकको वडा कार्यालय, प्रहरी चौकी र रेडक्रसलाई खवर गर्न आव्हान गरेको हो ।