धादिङमा आज १६४ जना संक्रमित, ९० जना डिस्चार्ज

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७८

धादिङ जेष्ठ ३१ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा १६४ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ भने यहि अवधिका ९० जना कोरोना संक्रमण मुक्त बनेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज संक्रमित हुनेहरुमा निलकण्ठमा ६४, धुनिबेसिमा ३२, ज्वालामुखीमा २, खानियाबासमा ६, रुबिभ्यालिमा ७, गजुरीमा २, त्रिपुरासुन्दरीमा ४, थाक्रेमा १६, सिद्धलेकमा ९, गंगाजमुनामा ४ र जिल्ला बाहिरको १८ गरि १६४ जना छन् ।

जिल्ला भित्र ९६५ र जिल्ला बाहिर १५९ गरेर धादिङगको सक्रिय केश १ हजार१२४ पुगेको छ । जिल्ला अस्पतालको आईशोलेसनमा २२, संस्थागत आईशोलेसनमा ३२ र होम आईशोलेसनमा ९११ रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आईशोलेसनमा ३५ र होम आईशोलेसनमा१२४ रहेका छन् ।

निलकण्ठमा २३१, बेनिघाटमा ९३ र गंगाजमुनामा २८ गरेर ३५२ स्वाब संकलन भएको छ । २०५ एनटीजेन परिक्षणमा ७२ पोजिटिभ आएको छ ।