कोभिड-१९ निको भएकाहरुले थाहा पाउनु पर्ने कुरा

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७८

अहिले हामी COVID-19 को दोस्रो भेरियन्टको मध्य देखि अन्तिम चरणमा छौं । यस परिस्थितिमा COVID -19 संक्रमित भइ ठीक भएका व्यक्तिहरूमा विभिन्न जिज्ञासा हुनु स्वभाविक हो । स्वास्थ्यकर्मीहरुलाई सोधिएका केही जिज्ञासा तथा त्यसका समाधानहरुको बारेमा जान्नु श्रेयस्कर छ ।

क. COVID-19 संकमण भएको (विशेषत : सास फेर्न गार्हो भएका, खोकी बढी लागेकाहरु) १ महिना अवधिमा कुनै पनि धपेडी पर्ने कार्यहरु जस्तै-अत्याधिक शारिरिक व्यायाम, लामो दुरीको दौड़, पौडीहरु नगर्नु होला ।

ख. १ महिना अवधि पछि पनि केहि विरामीहरुमा निम्न लक्षणहरु हुन सक्छन् ( Long COVID )- जुन केहि समय पश्चात् आफैं ठीक हुन्छन ।

  • थकाइ लाग्नु
  • एकाग्रतामा कमी हुनु ,सोच्न गार्हो हुने ( Brain Fog)
  • सास फेर्न गार्हो भइ राख्नु
  • खोकी लागी राख्नु
  • हात खुट्टा करकर खानु, जोर्नी तथा मांसपेशी दुख्नु
  • छाती दुख्नु
  • मानसिक समस्या जस्तै नैराश्यता ( anxiety/ depression)
  • टाउको दुखी राख्नु
  • मन्द गतिमा ज्वरो आईराख्नु
  • निद्रामा गढबढी
  • मुटुको धड़कन आफैलें चाल पाउनु ( palpitations)
  • गन्ध र स्वाद थाहा नपाउनु
  • बसेर झ्वाट् उठ्दा रिगंटा लाग्नु

ग. यी माथि उल्लेखित लक्षणहरु विस्तारै हराउदैं जाने हुनाले न आत्तिनु होला । तर निम्न लिखित कुनै पनि समस्याहरु आएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानुहोला ।

  • COVID-19 संक्रमण पश्चात घरमा अक्सिजन लगाएर बस्नु भएका विरामीहरुलाई एक्कासी सास फेर्न गार्हो भएमा, अक्सिजनको मात्रा घट्दै गएमा, छाती दुखेमा, खकारमा रगत देखिएमा, खुटटाहरु सुन्निन थालेमा (pneumothorax, secondary bacterial and fungal infection, pulmonary embolism, DVT)
  • मुटु एकदम धड्केमा, रिगंटा लागिरहेमा, बेहोस भएमा, छाती दुखेमा ( arrhythmia, syncope, pericarditis, myocarditis)
  • विशेषत बालबालिकाहरुमा हात खुटटा लुलो भएमा, गर्धन/पेट दुखेमा, पखाला, उल्टी भएमा (MIS-C)
  • पुरा / आधा अनुहारको भागमा दुखाइ, नाक वरिपरि कालो रंगमा परिवर्तन ऑंखॉ सुनिनु, धमिलो तथा एउटा मान्छेलाइ दुईवटा देख्नु (mucormycosis – black fungus)

घ. अरु केही समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्यकर्मीहरु संग परामर्श लिनुहोला ।
ङ अन्त्यमा- मास्कको प्रयोग गरौँ, ६ फिटको दुरी कायम गरौँ र समय समयमा स्यानिटइजर र साबुन पानीको प्रयोग गरौँ ।

-विष्णु प्रसाद रिजाल