
धादिङ जेष्ठ २६ । “कोरोना भाईरस (कोभिड-१९) को उपचार र रोकथामका लागि हाम्रो पहल” नाराका साथ गंगाजमुना गाउँपालिका अन्तरगत बुढाथुम स्वास्थ्य चौकीलाई बद्री बिशाल भू.पू. शिक्षक तथा बिद्यार्थी मञ्चले उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
मञ्चले प्रदान गरेको उपकरण सहित स्वास्थ्य सामाग्रीको विवरण
- Oxygen concentrator- १ थान (५लि.)
- Face Mask- १५,०० थान
- Hand Sanitizer- (१५ लि.)
- Digital Thermometer – १० थान
- Digital B.P सेट- १ थान
- Face Shield – ६० थान
- Oxygen Cylinder-१ थान (सानो)
- Pulse Oxymeter- 8 थान
- Oxygen Regulator (flow meter)-३ थान
- Oxygen mask- ४ थान
- NK95 Mask- 20 थान
- Hand Gloves- 200 थान
- Surgical Gown- 30 थान
यस सहयोग हस्तान्तरण अभियानका लागि आर्थिक सहयोग गर्ने सबैलाई धन्यावाद दिँदै मञ्चका अध्यक्ष कृष्ण अधिकारीले आगामी दिनमा पनि सामाजिक दायित्वमा मञ्च एकदम अगाडी रहेर काम गर्ने बताउनु भएको छ ।
धादिङपोष्टका लागि फोटो सौजन्यः बिजन रेग्मी

