
काठमाडौं जेष्ठ २४ । कोरोनाको तेस्रो भेरियन्टले बालबालिकालाई प्रभाव पर्न सक्ने अनुमान सहित सरकारले सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने जनाएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बालबालिकाको उपचार गर्न सातै प्रदेशमा अस्पताल र आईसीयू निर्माण गरिने बताउनु भएको हो ।
कोरोनाको तेस्रो लहर आउनुअघि नै सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाउन पहल गरिरहेको समेत उहाँले बताउनु भयो ।

