धादिङमा आज १७१ जना डिस्चार्ज, ८३ जना संक्रमित थप, १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७८

धादिङ जेष्ठ २२ । धादिङमा पछिल्लो २४ घण्टाको अवधिमा धादिङमा १७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ८३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको र १ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएका संक्रमितमा निलकण्ठमा ५६, गंगाजमुनामा १६, थाक्रेमा ५ र त्रिपुरासुन्दरीमा ६ गरि ८३ छन् । आजै सिद्धलेकका ९५ वर्षिय पुरुषको कोरोना संक्रमण पछि मृत्यु भएको छ यो सँगै धादिङमा कोरोनाको कारण मृत्यु संख्या ५५ पुगेको छ ।

जिल्ला भित्र १३०६ र जिल्ला बाहिर १७० गरेर धादिङ्गको सक्रिय केश १४७६ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ९, संस्थागत आइसोलेसनमा २७ र होम आइसोलेसनमा १२७० रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आसोलेसनमा ३० र होम आइसोलेसनमा १४० रहेका छन् ।

जिल्लामा आज ११४ स्वाब संकलन भएको छ। २८ एनटीजेन परिक्षण मध्य ११ जना पोजिटिभ आएका छन्।