ज्यामरुङका दलित तथा बिपन्न ६८ घर परिवारलाई खाद्यान्न सहयोग

Avatar photo
Dhadingpost
जेष्ठ २२, २०७८

धादिङ जेष्ठ २२ । धादिङको नीलकण्ठ नगरपालिका १० स्थित साविकको ज्यामरुङ ६ मा रहेका ६८ घरका दलित तथा बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

Helping Hand Japan Team को आर्थिक सहयोग मा मातृभूमिको लागी अक्सिजन तथा राहत अभियान २०२१ अन्तर्गत उक्त ६८ घरका दलित तथा बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको रामहरि कडेलले धादिङपोष्टलाई बताउनु भयो ।

कडेलका अनुसार प्रति परिवार चामल १ बोरा, तेल १ लिटर, दाल २ केजी , नुन १ केजीका दरले सहयोग गरिएको छ ।