ज्यामरुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७८

धादिङ जेष्ठ २१ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको ज्यामरुङ स्वास्थ्य चौकीलाई महत्वपूर्ण स्वास्थ्य उपकरणहरु सहयोग प्राप्त भएको छ ।

स्थानीय समाज सेवीहरूको पहलमा उक्त चौकीले १० वटा अक्सिजन सिलिण्डर, १ वटा अक्सीजन कन्सरट्रेटर, २ वटा बेड, १ वटा थर्मलगन, १० वटा पीपीई सेट, फेससील मास्क लगाएत स्वास्थ्य उपकरणहरु प्राप्त गरेको हो ।

स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान गर्नको लागी स्थानीयहरु पत्रकार ऋषि धमला, अशोक धमला, शंकर धमला, ज्ञाननारायण श्रेष्ठ, राम वहादुर श्रेष्ठ लगायतले सहयोग गरेका थिए ।

तस्वीर सौजन्य: नवराज नेपाल