धादिङमा आज १४२ जना संक्रमित थपिए, २ जनाको मृत्यु

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७८

धादिङ जेष्ठ २१ । धादिङ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिका १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यहि अवधिका २ जना संक्रमितको मृत्यु भएको छ ।

आज थपिएका संक्रमितहरुमा नीलकण्ठमा १, धुनिबेसीमा ५, गल्छीमा १, बेनिघाट रोराङमा ४७, त्रिपुरासुन्दरी मा ६, गंगाजमुनामा ११, नेत्रवाति डवजोङमा ९, थाक्रेमा १७, खानियाबासमा १ ज्वालामुखीमा १० र जिल्ला बाहिर २४ गरी १४२ जना रहेका छन् ।

यसै गरी आजै धुनिबेसिमा ६६ वर्षिय महिला र नेत्रावती डब्जोङमा ६६ वर्षिय पुरुषको मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

जिल्ला भित्र १३९५ र जिल्ला बाहिर १७० गरेर धाडिंगको सक्रिय केश १५६५ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २१, संस्थागत आइसोलेसनमा ३० र होम आइसोलेसनमा १३४४ रहेका छन्। जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३० र होम आइसोलेसनमा ४० रहेका छन् ।

जिल्ला भित्र आज ६१ स्वाब संकलन भएको छ । १२१ एनटीजेन परिक्षण मध्ये ४७ पोजिटिभ आएको छ।