आगिन्चोकको न्यू शर्मा इन्टरप्राइजेजलाई ५० हजार जरिवाना

Avatar photo
Dhadingpost
जेष्ठ १८, २०७८

धादिङ जेष्ठ १८ । बजार अनुगमनको शिलशिलामा मापदण्ड विपरित पसल संचालन गर्ने त्रिपुरासुन्दरी गाउँपालिका(६, आगिन्चोकमा रहेको न्यू शर्मा इन्टरप्राइजेजलाई ५० हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार गरिएको उक्त अनुगमनमा अनुमति नलिई लामो समयदेखि सूर्तीजन्य उत्पादन र मदिराहरु बिक्री गर्ने गरेको, भेटेरिनरी लगायत विषादी र खाद्यान्न बेग्ला बेग्लै ठाउँमा राख्नुपर्नेमा सँगै राखी जोखिमपूर्ण ढंगले बिक्री गर्ने गरेको, यसअघि जिल्लाबाट गएको अनुगमन टोलीले दिएको निर्देशन पालना नगरेकोले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार तत्काल ५० हजार जरिवाना गरिएको प्रशासनले जनाएको छ ।

x