धादिङमा बजार अनुगमन जारीः हरि किराना स्टोर्स र सिरानी किराना स्टोरलाई जरिवाना

Avatar photo
Dhadingpost
जेष्ठ १७, २०७८

धादिङ जेष्ठ १७ । जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय धादिङले सुरु गरेको बजार अनुगमनमा आज दुईबटा पसल कार्वाहीमा परेका छन् ।

अनुगमनका क्रममा त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटार पुगेको अनुगमन टोलीले हरि किराना स्टोर्स र सिरानी किराना स्टोरबाट अखाद्य र म्याद गुज्रिएका सामग्रीहरू जफत गर्नुका साथै ५-५ हजार जरिवाना गरेको हो ।

x