धादिङमा आज ८९ जना संक्रमित थप, ३५ जना डिस्चार्ज

Avatar photo
Dhadingpost
जेष्ठ १४, २०७८

धादिङ जेष्ठ १४ । जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिका धादिङमा ८९ जना कोरोना संक्रमित थपिएका छन् भने ३५ जना कोरोना मुक्त हुँदै डिस्चार्ज भएका छन् ।

आज संक्रमित हुनेमा निलकण्ठमा २५, धुनिबेसिमा २३, गजुरीमा १, त्रिपुरासुन्दरीमा ५, गंगाजमुनामा ६, नेत्रवाति डवजोङमा १०, थाक्रेमा १, खानियाबासमा १, सिद्धलेकमा १ र जिल्ला बाहिर १६ गरी ८९ जना रहेका छन् ।

जिल्ला भित्रको १ हजार २२१ र जिल्ला बाहिरको १६१ गरेर धादिङ्गको सक्रिय केस १ हजार ३८२ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २७, संस्थागत आइसोलेसनमा २४ र होम आइसोलेसनमा १ हजार १७० रहेका छन् । त्यसैगरी जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १३६ रहेका छन् ।

निलकण्ठमा १७४, धादिङ्ग हस्पिटलमा ४१, धुनिबेसिमा २७, गल्छीमा १४, गजुरीमा ११, थाक्रेमा ९, सिद्धलेकमा ३० गरि जिल्लामा आज ३०६ स्वाब संकलन भएको छ । आजै ५८ वटा एनटीजेन परिक्षण ११ पोजिटिभ आएको छ ।