धादिङमा अनुगमन जारीः मलेखु स्थित रोनक सप्लायर्सलाई ५० हजार जरिवाना

Avatar photo
Dhadingpost
जेष्ठ १४, २०७८

धादिङ जेष्ठ १४ । जिल्ला प्रशासन कार्यालय धादिङ र घरेलु तथा साना उद्योग कार्यालय धादिङले नियमित गर्दै आएको बजार अनुगमनका क्रममा आज मलेखु स्थित एक पसललाई मापदण्ड विपरित संचालन गरेको भन्दै ५० हजार जरिवाना तिराएको छ ।

साजन तोरीको तेलको मूल्य तोकिएको MRP भन्दा बढ़ी लिएको, निषेधाज्ञाको समयमा मदिराजन्य पदार्थहरू बिक्री गरेको, तीन वटा फर्महरू एकै स्थानमा संचालन गरेको पाईएकोले कार्वाही गरिएको जिल्ला प्रशासन धादिङले जनाएको छ ।

गजुरी गाउँपालिकाको मलेखु स्थित रोनक सप्लायर्स (न्यू तारा स्टोर) लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफ़ा ३९ बमोजिम ५० हजार जरिवाना गरिएको प्रशासनले जनाएको हो ।

तस्वीर स्रोतः जिल्ला प्रशासन धादिङ