
धादिङ जेष्ठ १२ । धादिङको सदरमुकाममा रहेको जिल्ला अस्पताल सहित ७ वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बागमती प्रदेश सरकारले बोलपत्र आह्वान गरेको छ ।
प्रदेश सरकारले धादिङको जिल्ला अस्पताल, रामेछाप जिल्ला अस्पताल, काठमाण्डौंको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरिएका हो ।

