धादिङबेसीमा आज देखि एक साता खुल्दैनन् बैंक तथा वित्तिय संस्थाहरु

Avatar photo
Dhadingpost
जेष्ठ ९, २०७८

धादिङबेसी जेष्ठ ९। धादिङबेसी सदरमुकाममा रहेका बैंक तथा वित्तिय संस्थाहरु आज देखि एक साता बन्द रहने छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आज देखि एक साताका लागि धादिङबेसी सदरमुकाममा रहेका बैंक तथा वित्तिय संस्थाहरु बन्द हुने भएका हुन् ।

धादिङबेसीमा कोरोना भाईरसको संक्रमणको जोखिम उच्च देखिएको र बैंकहरुमा सर्वसाधारणको भिडभाड देखिएकोले एक हप्ताको लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्ययले बताए ।