
धादिङ जेष्ठ ३ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ निवासी कोरोना संक्रमित ५० वर्षिय एक पुरुषको त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
त्रिशुली अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना संक्रमण सँगै मधुमेहले ग्रस्त ति पुरुष वैशाख ३० गते देखि त्रिशुली अस्पतालमा उपचारत थिए । उनको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको जनाएको छ ।
यो सँगै धादिङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

