
धादिङ जेष्ठ १ । धादिङको काठमाडौं सँग जोडिएको धुनबिेसी नगरपालिकाले अक्सिजन सहितको २० शैयाको आईशोलेसन बनाएको छ ।
धुनबिेसी नगरपालिकाले जनाए अनुसार वडा नम्बर ७ स्थित अमरेचौर स्थित मछिन्द्र बहुमुखि क्याम्पसको निर्मित भवनमा अक्सिजन सहितको २० शैयाको आईशोलेसन बनाएको हो ।
यस आईशोलेसनलाई नेपाल रेडक्रस सोसाईटी धुनिवेशी शाखाले १० थान कम्बल र ५ थान व्ल्याङकेट प्रदान गरेको बताईएको छ ।

