
धादिङ बैशाख २० । कोरोना भाईरसको दोस्रो लहर सुरुभए सँगै जिल्ला अस्पतालका १३ जना स्वास्थ्यकर्मी कर्मचारीहरु संक्रमित पुष्टि भए सँगै अस्पतालमा ओपीडी सेवा बन्द भएको छ ।
बैशाख १५ गतेको स्बाव संकलमामा ३ जनालाई र बैशाख १७ गते गते गरिएको स्बाव परिक्षणमा १० जना गरि १३ जनामा कोरोना पोजेटिभ देखिएकोले आजबाट ओपीडी सेवा बन्द गर्नु परेको अस्पतालका सूचना अधिकारी विक्रम विकले धादिङपोष्टलाई बताए ।
हाललाई ओपीडी सेवा बन्द गरिएपनि अत्यावश्यक सेवा भने पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर जारी रहने विकले बताउनु भयो ।

