
काठमाडौं बैशाख १८ । नेपाल सरकारका पूर्वप्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।
पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । उपचारका लागि खनाललार्य मनमोहनबाट नर्भिक अस्पताल लगिएको छ । खनालको अवस्था सामान्य रहेको जनाइएको छ ।

