धादिङमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमित

Avatar photo
Dhadingpost
बैशाख १४, २०७८

धादिङ बैशाख १४ । केहि दिन यता धादिङमा दास्रो चरणको कोभिड १९ बाट संक्रमित हुनेहरुको संख्या रोकिएको छैन । आईतबार मात्रै नेत्रावती डवजोङमा ४१ जनामा कोरोना संक्रमण देखिएको थियो भने सोमबार जिल्लाका अन्य गाउँपालिकामा ११ जनामा पोजेटिभ देखियो ।

पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकाकी ५६ वर्षिया महिला, ३५, ३५ र ४२ वर्षिय पुरुष, धुनीबेशी नगरपालिकाका ११ वर्षिया बालिका,१४ वर्षिय बालक र ४२ वर्षिय पुरुषमा, गजुरी गाउँपालिकाका २३ वर्षिया महिला, ६० वर्षिय पुरुष, ज्वालामुखी गाउँपालिकाका ५४ वर्षिय पुरुष, नेत्रावती डवजोङ गाउँपालिकाकी २० वर्षिया महिला कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङ जनाएको हो ।