नीलकण्ठका उप-प्रमुख मनराज भण्डारीले घर पाएक वडा कार्यालय सारेको आरोप

Avatar photo
Dhadingpost
बैशाख ११, २०७८

धादिङ बैशाख ११ । धादिङबेसी सदरमुकामबाट नजिकको दुरीमा पर्ने वसाह तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको सेल्टर गाउँका रुपमा परिचत छ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित यो गाउँ वडाको सेन्टरमा पर्ने हुँदा वडा कार्यलय यसै गाउँमा रहँदै आएको थियो ।

शुक्रबार विना कुनै जानकारी नदिई बसाहबाट भवन खर्कमा सुटुक्क कार्यालय सारिएको घटनामा स्थानीयहरुले उप-प्रमुख मनराज भण्डारीलाई घरपाएक लगेको आरोप लगाएका छन् । यद्यपी उक्त कार्यालय सार्ने क्रममा उप-प्रमुख भण्डारी भने देखिनु भएको थिएन ।

नगर उप–प्रमुख भण्डारी र वडा अध्यक्षले नै वडा कार्यालय आफ्नो घर पाएक सार्न खोजेको वसाहका स्थानीयहरुले विगत एक वर्ष पहिला देखि आरोप लगाउँदै आएका थिए ।

यसै बीचमा गत फागुन २८ र २९ गते नीलकण्ठ कार्यपालिकाको बैठकले बसाहमै भनव बनाई कार्यलय सन्चालन गर्ने निर्णय समेत गरि सकेको अवस्थामा शुक्रबार फिल्मी शैलीमा वडा कार्यालय सारिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

अध्यक्ष ध्वज बहादु्र गुरुङले भने भवन खर्कमा वडा कार्यालय रहने गरि भवन बनाउन समेत टेण्डर भैसकेको थियो तर कार्यपालिकाले हाल साबिकै स्थानमा वडा कार्यालय कायम गर्ने निर्णय गरेपछि स्थानीय युवाहरुले सामान सारेका दावी गर्नुहुन्छ ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले स्थानीयलाई धरपकड गर्दै बलपुर्वक सामान जबरजस्ती लैजानु दु:खद घटना भएको बताउनु भएको । २ नम्बर वडाको पायक पर्ने स्थान बसाह नै हो सोहि स्थानमै वडा कार्यालय सञ्चालन गर्ने कार्यपालिकाको निर्णय विपरित जबरजस्ती सामान लैजानु कानुन विपरित भएको प्रमुख ढुंगाना बताउनु हुन्छ ।

भण्डारी गाउँ, भुलभुले, पानधारे लगायत स्थानका केहि युवाहरुले पायक पर्ने स्थानमा वडा कार्यालय नभएकोले सारिएको बताएका छन् ।