धादिङका विप्लव कार्यकर्ता भित्ते लेखनमा सक्रिय

Avatar photo
Dhadingpost
चैत्र ३१, २०७७

धादिङ चैत्र ३१ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङका कार्यकर्ताहरु यतिबेला धादिङका विभिन्न ठाउँहरुमा भित्तेलेखन कार्यमा जुटि रहेको भेटिएको छ ।

सरकार र नेकपा बीचको वार्ता पछि सरकारले प्रतिवन्ध हटाए सँगै विप्लव कार्यकर्ताहरु खुल्ला राजनीतिमा देखिएका हुन् । अखिल (क्रान्तिकारी) को जिल्ला सम्मेलन र आसन्न २२ औं राष्ट्रिय सम्मेलनको तयारी स्वरुप भित्ते लेखन सुरु गरिएको अर्पण तामाङले बताए ।

अखिल (क्रान्तिकारी) धादिङले सोमबार धुनीबेसीमा पाँचौं बैठक सम्पन्न गर्दै जिल्ला सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

नेकपा धादिङका जिल्ला इञ्चार्ज सुमनको प्रमुख आतिथ्य र अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य मिलन राईको विशेष आतिथ्यतामा भएको उक्त बैठक जिल्ला अध्यक्ष अर्पण तामाङको सभापतित्व रहेको थियो ।