अमिलिछापमा किसानलाई बाख्रा उपहार

Avatar photo
Dhadingpost
चैत्र ३१, २०७७

धादिङ चैत्र ३१ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ अमिलिछापका किसानलाई प्रयास नेपालले बाख्रा उपहार स्वरुप प्रदान गरेको छ ।

गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत सोमबार प्रयास नेपालले ४३ जना किसानलाई बाख्रा उपहार स्वरुप प्रदान गरेको हो । बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरीएको थियो ।

अमिलिछाप स्वालम्बी महिला समुहका अध्यक्ष सीता खतिवडाको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेम नाथ सिलवालको प्रमुख आतिथ्यता सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा प्रकुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, सिद्वलेक ४ का वडा अध्यक्ष रामहरि बराकोटि, वडा नं ७ का लक्ष्मण खतिवडा, प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल, कार्यकारी निर्देश दामोदर अर्याल, उपहार महिला सहकारीका व्यवस्थापक हरि तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।