नीलकण्ठ नगरपालिकाले विद्यालय स्तरीय भलिबल प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
चैत्र १३, २०७७

धादिङ चैत्र १३ । धादिङबेसी सदरमुकमा र आसपास फैलिएको नीलकण्ठ नगरपालिकाले अन्तर विद्यालय स्तरीय (कक्षा ६ देखि १२ कक्षा सम्म) छात्रा र छात्र दुबै तर्फको भलिबल प्रतियोगिता गर्ने भएको छ ।

निलकण्ठ नगरपालिकाको आयोजना तथा नीलकण्ठ माध्यामिक विद्यालयले संचालन गर्ने उक्त भलिबल प्रतियोगितामा नीलकण्ठ नगरपालिका भित्रका विद्यालयहरुले भाग लिन पाउने निलकण्ठ नगरपालिकाका शिक्षक उत्तम भट्टले जानकारी दिनु भयो ।

नगरपालिकाले वार्षिक कार्यक्रम अनुसार नगरपालिका भित्रका सामुदायीक तथा संस्थागत विद्यालयमा अध्ययनरत चैत्र १७ गते देखि २९ गते सम्म क्रियाकलाप र खेलकुद प्रतियोगिताको आयोजना गरेको नगरपालिकाका शाखा अधिकृत तुलबहादुर महतले जानकारी दिएका छन् ।

यस्तो छ कार्यक्रम तालिका