धादिङबेसी मै लिला देविद्वारा बाख्रा फर्म संचालन (फोटो फिचर)

Avatar photo
Dhadingpost
चैत्र १२, २०७७

धादिङबेसी चैत्र १२ । धादिङबेसी सिरानबजार स्थित शान्तिटोलमा ३० लाखको लागतमा लिलादेवि श्रेष्ठले बाख्रा पालन व्यवसाय सुरु गर्नुभएको छ ।

अहिले बोयर जातको बोका र खरी जातको बाख्रा गरी ६० वटा बाख्रा रहको लिलादेवि श्रेष्ठको फर्ममा १०० वटा भन्दा बढी लोकल कखुरा समेत रहेको छ ।

न्यूनतम् ब्याजमा महिला उद्यमी कर्जा पाईने भन्ने थाहा नपाएर बढी ब्याज दरमा ऋण लिएर बाख्रा पालन सुरु गरियो । अहिले सम्म ३० लाख भन्दा बढी खर्च भैसकेको लिलादेवि श्रेष्ठको श्रीमान् तारा श्रेष्ठ बताउनु हुन्छ ।

सर्वश्रेष्ठ पशुपंछी कृषि फर्म दर्ता गरेर अहिले बाख्रा र कुखुरामा लगानी गरेका छौं । विस्तारै गाई भैसी पनि पाल्ने योजना रहेको श्रेष्ठ बताउनु हुन्छ ।