माओवादी केन्द्र धादिङले सदरमुकाममा पार्टी कार्यालय भवन बनाउने

Avatar photo
Dhadingpost
चैत्र १२, २०७७

धादिङ चैत्र १२ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको बुधबार धादिङबेसीमा सम्पन्न छैटौं पूर्ण बैठकले धादिङबेसीमा पार्टी कार्यालय भवन निमार्णको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

सचिवालय सदस्य दिपक लामिछानेका अनुसार पार्टी सदस्य, माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य देखि प्रदेश सांसद सम्मका जनप्रतिधिहरु सँग निश्चित मापदण्ड बनाई सहयोग लिई तत्काल धादिङबेसीमा जग्गा खरिद गर्ने र पार्टी कार्यालय भवन निमार्णको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

जग्गा खरिद तथा भवन निकार्णको लागि विजय बुर्लाकोटी, मनराज भण्डारी र दिपक लामिछाने सुबोध रहेको ३ सदस्यीय समिति समेत बैठकले ठोस गरेको बताईएको छ ।

लामिछानेका अनुसार वैठकले बैशाख मसान्त सम्ममा पार्टी सदस्यको अभिलेख राखि सक्ने, जवस मोर्चा, भेला प्रशिक्षण गर्दै संगठनात्मक अभियान चलाउने समेत निर्णय गरेको छ ।

बैठकले धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर १ को इन्चार्जमा रामबहादुर भण्डारी र क्षेत्र नम्बर २ मा शम्भु श्रेष्ठलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।

यस्तै प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश १ को इन्चार्जको जिम्मेवारी दिपक लामिछाने २ को जिल्ला कार्यालयले हेर्ने र प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश १ को इन्चार्ज दिपा सिंखडा र २ को जिल्ला कार्यालयले हेर्ने निर्णय समेत बैठकले गरेका बैठकमा सहभागि एक सदस्यले धादिङपोष्टलाई बताए ।

वैठकले एमाले सँग एकता हुनु अगाडी पालिका स्तरमा जु कमिटि थियो त्यहि कमिटि नै एथावत रहने समेत निर्णय गरेको छ ।