धादिङका सबै पालिकामा क्वारेन्टीन र आईसोलेसन भवन तयारीमा राखिने

Avatar photo
Dhadingpost
चैत्र ११, २०७७

धादिङ चैत्र ११ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) धादिङको आज सम्पन्न बैठकले जिल्लाका सबै पालिकामा क्वारेन्टीन र आईसोलेसन भवन तयारीमा राखिने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले बढ्दो कोरोना भाईरसको संक्रमणलाई ध्यान दिँदै रोकथामका लागि ३ निर्णयहरु गर्दै सबै पालिकामा रहेका क्वारेन्टीन र आईसोलेसन भवन तयारीमा राख्ने निर्णय गरेको हो ।

वैठकले जिल्लामा सभा, जुलुस, र्याली, भेला, महोत्सव, जमघट, गोष्ठी, सेमिनार, बैठक, भिडभाड हुने व्यवसाय र कार्यहरु नगर्ने र नगराउने निर्णय समेत गरेको छ ।

निर्णयहरु यस्ता छन्ः