
सन्दिप स्याम्जेन तामाङ,
धादिङ चैत्र १० । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका ४ स्थित कटुन्जे तल्लो सेल्ले वनमा लागेको डढेंलो अझै नियन्त्रण आउन नसकेको स्थानीयहरुले जनाएका छन् ।
सेल्लेको महिला समुदाय वनमा ३ दिन अघि लागेको उक्त डढेंलोले उर्लानी गाउँ पुरै जोखिममा परेको बताईएको छ ।
डढेंलोका कारण कालामाटी, कल्लेरी, भर्याङभुरुङ, नयाँ वस्ती, रिमाल्डी लगायतका गाउँ समेत जोखिममा रहेको जिल्ला वन कार्यलय, जिल्ला प्रशासन कार्यलय र वडा कार्यालयलाई जानकारी गराउँदा पनि डढेंले नियन्त्रणमा कुनै पहल नभएको स्थानीयहरु बताउँछन् ।
