
धादिङ चैत्र ८ । नेकपा एमाले निकट युवा संघ नेपाल अन्ततः फुटेको छ ।
नेपाल समुहले शनिबार राजधानीको राष्ट्रिय सभागृहमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै युवा संघको समानान्तर कमिटि गठन गरे सँगै युवा संगठन फुटेको हो ।
नेपाल समुहको नवगठित युवा संघका अध्यक्षमा नरेश शाही, उपाध्यक्षकम नितेश पौडेल, महासचिवमा दिपक जिएम, सचिवमा रोशन थापा, दिनेश आचार्य, सञ्जिव राई र कोषाध्यक्षमा धादिङका दिपक दुवाडी चयन भएका छन् ।
