धुनीबेसीमा विप्लव निकट युवाको जिल्ला भेला सम्पन्न

Avatar photo
Dhadingpost
चैत्र ८, २०७७

धादिङ चैत्र ८ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङको युवा संगठनको जिल्ला भेला धुनीबेसीमा सम्पन्न भएको छ ।

भेलाले युवा संगठन धादिङका संयोजक अभयको नेतृत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको बताईएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको युवा संगठन धादिङको तेस्रो जिल्ला भेला धादिङको धुनिबेशी नगरपालिकाको छत्रपाटीमा शनिबार सम्पन्न भएको हो ।

युवा संगठन धादिङका कार्यवाहक संयोजक अभय रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला इञ्चार्ज सुमन क्षेत्री प्रमुख अतिथी रहनु भएको थियो भने युवा संगठन नेपालका उपत्यका ब्युरो संयोजक प्रवीणको विशेष आतिथ्य रहेको थियो ।

आमुल परिवर्तनका लागी एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गरौं भन्ने मुल नाराका साथ भएको उक्त भेलामा जिल्ला सेक्रेटरी न्युटन, अर्पण, सागर लगायतका जिल्ला कमिटिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।