
धादिङ चैत्र ६ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको तेस्रो बार्षिक साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा अनिल कोईराला चयन हुनुभएको छ ।
बैदेशिक रोजगारीको क्रममा स्वदेश तथा विदेशमा भोगेका समस्याहरुको न्युनिकरण र समाधानका लागि पहल गर्ने र आप्रवासी कामदारको परिवार र उनीहरुको हकहितको लागि गठन गरिएको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको अधिवेशनले शुक्रबार अनिल कोईराला अध्यक्ष रहने गरि ११ सदस्यी कार्यसमिति सदस्यहरु निर्वाचित गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा गिता ओस्ति, कोषाध्यक्षमा राममाया श्रेष्ठ सदस्यहरुमा सिता अर्याल, कुशल आलेमगर, कमला कोईराला, सिताराम श्रेष्ठ, शिसिर रेग्मी, रिना नेपाली र दाउत तामाङ निर्वाचित भएका छन् ।
