गजुरी महोत्सवको स्टल बुकिङ अन्तिम चरणमा, हेलिकप्टरको टिकट बुकिङ खुल्ला

Avatar photo
Dhadingpost
चैत्र ४, २०७७

धादिङ चैत्र ४ । धादिङको गजुरी बजारमा चैत्र १२ गते देखि २४ गते सम्म संचालन हुने गजुरी महोत्सवका लागि स्टल बुकिङ अन्तिम चरणमा पुगेको र हेलिकप्टर बुकिङको टिकट खुल्ला गरिएको आयोजकले जनाएको छ ।

एक घर एक व्यवसाय भन्ने मुल नाराको साथमा साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजना गर्न लागेको उक्त महोत्सवमा १०० वटा बन्दा बढी व्यवापारिक स्टल हुनेछ भने हेलीकप्टबाट गोसाईकुण्ड दर्शन र धादिङका लोकल साईट सिन अवलोकनको लागि टिकट बुकिङ खुल्ला गरिएको महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठका अनुसार महोत्सवमा २१ हजार प्रथम पुरस्कार राशी रहेको नृत्य प्रतियोगिता पनि गरिने छ । नृत्य प्रतियोगितामा द्धितियले १५ हजार, तृतियले ११ हजार र सान्तोनाले ५ हजार पाउने बताईएको छ ।
आयोजकका अनुसार स्टल बुकिङ, हेलिकप्टरको टिकट बुकिङको लागि विद्यार्थी शाह र प्रकाश भण्डारीलाई सम्पर्क गर्न सकिने छ भने, नृत्य प्रतियोगिताको लागि गजुरी स्थित X-Stand Dance School मा फारम भर्न सकिने बताईएको छ ।