
धादिङ फागुन २६ । खनियावास गाउँपालिका वडा नं ४ मा सञ्चालनमा रहेकाे गणेशकुण्ड माध्यमिक विद्यालयलाई जग्गा खरिद गर्न रकम जुटाइ सहयाेग गर्नु भएका भु.पु. भारतीय सेना बेगबहादुर तामाङलाई विद्यालयले सम्मान टरिएकाे छ ।
२०७२ काे विनाशकारी भुकम्पले भाैतिक संरचना नष्ट भई पठनपाठन अवरुद्ध भएकाे र विभिन्न परियाेजनाहरुले पक्की भवन बनाउन चाहेतापनि जग्गा अभावमा परियाेजना स्वीकृत भएकाे थिएन । यही अफ्टेराेलाई महसुस गरि विद्यालयका पूर्व विद्यार्थी समेत रहेका निजले गाेरखा सर्भिस ब्रुनाई मार्फत ५ लाख ३४ हजार सहयाेग जुटाएका थिए ।
त्यही रकमले खरिद गरिएकाे जग्गामा १२ काेठे भव्य, पक्की र सुविधाकाे भवन जाइकाले बनाई हस्तान्तरण गरि सकेकाे छ । विद्यालयका प्रधानाध्यापक धनबहादुर तामाङले धन्यवाद ज्ञापनका साथै खादा र मायाकाे चिनाे दिई सम्मान गरिएकाे हाे । सम्मानित व्यक्ति बेगबहादुरले विद्यालयलाई निरन्तर सहयाेग गरिरहने बताउनु भएकाे थियाे ।
