
धादिङ फागुन २५ । धादिङको धुनबिेसी निवासी रसिला तामाङले १११औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भएको महिला खुल्ला हाफ म्याराथनमा प्रथम भएकी छिन् ।
तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको तनहुँको व्यास गुफादेखि तनहुँसुर दरबारसम्मको २१ किलोमिटरको दुरी १ घण्टा ४९ मिनेटमा पार गर्दै रसिला तामाङ भएकी हुन् ।
१ घण्टा ४९ मिनेट १ सेकेन्डमा उक्त दुरी पार गर्दै खोटाङकी प्रिया राई द्वितीय र उक्त दुरी १ घण्टा ५५ मिनेट ३२ सेकेन्डमा पार गर्दै पोखराकी अनिता राई तृतीय भए ।
प्रतियोगितामा क्रमसः प्रथम ४१ हजार ७७, द्धितिय ३१ हजार ७७ र तृतियलाई २१ हजार ७७ रुपैयाँ संगै मेडल र प्रमाणपत्र प्राप्त प्रदान गरिएको अनिश मिश्रले धादिङपोष्टलाई बताउनु भयो ।
