
धादिङ फागुन २४ । राष्ट्रिय तेक्वान्दो संघ र धादिङ फ्यूवा फिटनेसको आयोजनामा धादिङबेसीमा १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा तेक्वान्दो छात्रा पुम्से प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियगितामा प्याट्रन-१ अन्तरगतको, १० वर्ष मुनिको विधामा एन्जल राई प्रथम, सोनु थापा मगर द्धितिय रुखा तामाङ र सान्तोना प्रसंसा सिंजाली भए । त्यसैगरी १० वर्ष भन्दा माथिको प्याट्रन -१ मा आराधना श्रेष्ठ प्रथम, द्धितिय सन्ध्या तामाङ र सान्तोना स्टार तामाङ र इरा श्रेष्ठ भए । प्याट्रन – ३ मा संज्ञा शर्मा प्रथम, द्धितिय रुबिना घले र सान्तोना मञ्जु घले र अन्जु घले बने । साथै प्याट्रन – ८ मा एलिसा तामाङ प्रथम, द्धितिय अञ्जना गुरुङ र सान्तोना खुस्बु तामाङ र मिरियम तामाङ भए ।
जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रताप सिंह तामाङ प्रमुख आतिथ्यता र मरियम तामाङको सभातित्वमा उक्त प्रतियोगिता भएको अमृत तामाङले बताउनु भयो ।
