नेपाल तेक्वान्दो संघ धादिङबाट मरियम तामाङ निष्काशित

Avatar photo
Dhadingpost
फाल्गुन १८, २०७७

धादिङ फागुन १८ । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङको अध्यक्ष प्रदिप गिरीले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई पत्र लेख्दै मरियम तामाङलाई कार्वाही गर्न सिफारिस गरेको १ दिन नवित्दै प्रदेशले मरियम तामाङलाई कार्वाही गरेको छ ।

संघको विधान विपरित धेरै पटक राष्ट्रिय तेक्वान्दोको कार्यक्रममा सहभागि भएकोले कार्यसमितिमा रहेर कार्य गर्दै आएकी मरियमलाई कार्वाहीको लागि जिल्ला अध्यक्ष गिरीले सोमबार नेपाल तेक्वान्दो संघ बागमती प्रदेशमा सिफारिस गर्नुभए अनुसार मंगलबार नै प्रदेश अध्यक्ष केशव पुरीले कार्वाही गरेको पत्र नेपाल तेक्वान्दो संघ धादिङलाई पठाउनु भएको हो ।

एउटै खेल बिधा तेक्वान्दोमा नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ दुईवटा संघहरुको विवादले राष्ट्रिय रुप मै असर गरि रहेको छ । एकले अर्कोलाई न स्वीकार्ने यो विवाद केन्द्र देखि जिल्ला सम्म आईपुग्दा मरियम तामाङ शिकार भएको तेक्वान्दो खेलाडीहरु नै बताउँछन् ।

हरेक विधाको खेलमा एउटा मात्रै संघ हुनु पर्ने राष्ट्रिय खेलकुद परिषदको नियमावलीमा उल्लेख भएपनि तेक्वान्दाेेेेमा दुई वटा संघ छ । दुई बीचकाे विवाद राखेपले हल गर्न सकेको छैन ।