गजुरी महोत्सव चैत्र १२ गते देखि हुने

Avatar photo
Dhadingpost
फाल्गुन १८, २०७७

धादिङ फागुन १८ । धादिङको गजुरी बजारमा आगामी चैत्र १२ गते देखि २४ गते सम्म गजुरी महोत्सव-२०७७ हुने भएको छ ।

घरेलु तथा मझौला उद्योगबाट उत्पादित सामाग्रीहरुलाई प्रदर्शनी मुख्य उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको साना तथा मझौला व्यवसायी महासंघ धादिङले जनाएको छ ।

गजुरी स्थित महाशक्ती होटलमा पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक समितिका संयोजक सुमित श्रेष्ठले गजुरी महोत्सव २०७७ को बारेमा जानकारी गराउन् भएको हो ।

महोत्सवबाट प्राप्त आम्दानी स्थानीय सरकारको साझेदारीमा सामाजिक कार्यमा लगानी गरिने संयोजक श्रेष्ठले बताउनु भयो ।

महोत्सवको मुख्य आकर्षण

  • घरेलु तथा मझौला उद्योगबाट उत्पादित वस्तुहरुको प्रदर्शनी
  • हेलिकप्टरबाट दृश्यालोकन
  • विभिन्न खेल तथा मनोरञ्ज
  • कृषि प्रदर्शनी
  • राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती