६ कराेडकाे लागतमा रुबीभ्यालीकाे भवन बन्ने

Avatar photo
Dhadingpost
फाल्गुन १६, २०७७

धादिङ, फागुन १६ ।धादिङको रुवीभ्याली गाउँपालिकाले ६ कराेडकाे लागतमा प्रशासकीय भवन बनाउने भएकाे छ । आईतबार गाउँपालिकाका अध्यक्ष चेरोङ तामाङ र उपाध्यक्ष बिना लामाले संयुक्त रुपमा उक्त लागतमा बन्ने भवनकाे शिलान्यास गर्नुभएको हो ।
६ करोड रुपैयाँको लागतमा २६ कोठाको बैंकको काउण्टर, न्यायीक इजलास सहितको भवन निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगाीले जानकारी दिनुभयो । रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ बोराङमा निर्माण हुने उक्त भवन निर्माणको ठेक्का ड्रागन जेभी धादिङबेसीले पाएको ।