
धादिङ फागुन १४ । धादिङ बेनीघाट रोराङचरौंदी स्थित राईजिङ स्टार बोर्डिङमा छात्रा र महिला शिक्षक बीच मैत्रीपुर्ण भलिबलमा प्रतियोगिता भएको छ ।
दोस्रो राइजिङ कप फुटबल तथा अतिरिक्त क्रियाकलाप चलि रहेको बेला भएको छात्रा र महिला शिक्षक बीच भलिबलमा महिला शिक्षकको टिम विजयी भएको थियो ।
दोस्रो राइजिङ कप फुटबल तथा अतिरिक्त क्रियाकलाप अन्तर्गतको छात्रा भलिबलमा (अन्नपूर्ण + माछापुच्छ्रे ) ले (सगरमाथा + कञ्चनजंघा) लाई पराजित गर्यो । जुनियर फुटबलमा अन्नपूर्णले कञ्चनजंघालाई हराउँदै फाइनलमा प्रबेश गर्यो अब फाइनलमा अन्नपूर्ण र सगरमाथा भिड्ने पक्का भएको छ ।

सिनियर फुटबलमा अन्नपूर्णले माछापुच्छ्रेलाई हराउँदै फाइनलमा प्रवेश गर्दै अब फाइनलमा अन्नपूर्ण र कञ्चनजंघा भिड्ने पक्का भएको छ ।
अहिले सम्मको नजिता अनुसार 58 अंक साथ माछापुच्छ्रे पहिलो स्थानमा रहेको छ भन्ने 53 अंक साथ दोस्रो स्थान अन्नपूर्ण ,51 अंक साथ तेसो स्थान सगरमाथा र 31 अंक साथ अन्तिम स्थानमा कञ्चनजंघा रहेका छन रहेको खेल शिक्षक नविन रसाईलीले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
