
धादिङ फागुन १४ । “रास्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” “धार्मिक एवम पर्यटकिय क्षेत्र विकास र प्रवर्धनमा खेलकुद” भन्ने नाराका साथ फागुन २७ गते शिवरात्रीको अवसरमा सिद्धलेकमा मिनि म्याराथुन प्रतियोगिता हुने भएको छ ।
विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि चक्रदेवी सामुदायिक समाज नेपालले यो मिनि म्याराथुन प्रतियोगिता २०७७ आयोजना गरेको हो ।
उक्त म्याराथुन प्रतियोगिता मोडेल एकेडेमी वाट सिद्धबाबा मन्दिर सिद्धलेक सम्म हुने छ ।प्रतियोगिहरुको लागि खाना, नास्ता र आकस्मिक उपचारको व्यावस्था गरिने आयोजक संस्थाको शंकर सिलवालले धादिङपोष्टलाई बताउनु भयो । फाइल फोटो
