बागमती प्रदेश फुटबल संघमा धादिङकाद्वय मनराज गोदार उपाध्यक्षमा र दिवसागर श्रेष्ठ सह कोषाध्यक्षमा चयन

Avatar photo
Dhadingpost
फाल्गुन १४, २०७७

धादिङ फागुन १४ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बागमती प्रदेश फुटबल संघको तदर्थ समिति गठन गरेको छ ।

राजेन्द्र श्रेष्ठको अध्यक्षतामा गठन गरिएको उक्त तदर्थ समितिमा जिल्ला फुटबल संघ धादिङका उपाध्यक्षद्वय मनराज गोदार उपाध्यक्षमा र दिवसागर श्रेष्ठ सह कोषध्यक्षमा मनोनित हुनुभएको छ ।

बागमती प्रदेश फुटबल संघको तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा दीपक चित्रकार, उपाध्यक्षमा निरज श्रेष्ठ, सहदेव ब्यन्जनकर र मनराज गोदार र श्रीकृष्ण कार्की कोषाध्यक्ष, दिवसागर श्रेष्ठ सह–कोषाध्यक्ष, गोविन्द श्रेष्ठ र दीपेन्द्र ढकाल सचिव रहेका छन् ।

समितिको सदस्यमा लक्षु देवकोटा, बाबुराजा श्रेष्ठ, लवराज ठाकुर, सुदिप राजबाहक, अजब श्रेष्ठ, बाबुकृष्ण महर्जन, किशोर हेक्का, अनिल शाक्य र जीवन लामा रहेका छन् ।