
धादिङ फागुन १२ । नीलकण्ठ नगरपालिका १, प्रकाश मा.वि. काउलेको ६४ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगितमा छात्र तर्फ एड्भान्स एकेडेमी प्रथम भएको छ । ६ टिम सहभागी उक्त प्रतियोगितामा द्धितीय पञ्चकन्या मा.वि. र तृतीय प्रकाश मा.वि. भएको छ । विद्यालयको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको प्रतयोगितामा फागुन १० गतेबाट सुरु भएको थियो । त्यसै गरी छात्रा भलिबल प्रतियोगिता तर्फ भने प्रथम पञ्चकन्या मा.वि. , द्धितीय कालिका मा.वि र तृतीय एड्भान्स एकेडेमीले हात पारेको छ ।
