धादिङद्वारा सिन्धुली ४ गोलले पराजित

Avatar photo
Dhadingpost
फाल्गुन ८, २०७७

धादिङ फागुन ८ । नुवाकोटको बट्टार खेल मैदानमा जारी बागमती प्रदेश स्तरीय फुटबल लिग प्रतियोगितामा धादिङले सिन्धुलीलाई ४ गोलले पराजित गरेको छ ।

धादिङको जितकालागि सिन्धुली विरुद्ध धादिङका अनमोल भण्डारीले २ गोल, विपिन कडेलले १ गोल र चतुरमान तामाङले १ गोल गरेका थिए । धादिङको ४ गोलको सामना गरेको सिन्धुलीले धादिङ विरुद्ध कुनै गोल गर्न सकेन ।

यस अघि फागुन ६ गते धादिङले दोलखालाई बराबरीमा रोकेको थियो भने अब फागुन १० गते धादिङ नुवाकोट सँग खेल्ने छ । फागुन १३ गते सम्म चल्ने यस प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका १-१ टिम सहभागि छन् ।

५ लाख पुरस्कार राशीको यस प्रतियोगितामा उप विजेताले साढें २ लाख हात पार्ने छन् भने सेमी फाईनल पुग्ने टिनले ५० हजार पाउने छन् । टिम व्यवस्थापनको लागि खेल अगावै सबै टिमहरुलाई ५० दिएको एन्फाले नुवाकोटले जनाएको छ ।

यस्तो छ, खेल तालिका

  • फागुन ९ गते -काभ्रे VS मकवानपुर
  • फागुन ९ गते -चितवन VS ललितपुर
  • फागुन १० गते -नुवाकोट VS धादिङ
  • फागुन १० गते -दोलखा VS सिन्धुली
  • फागुन ११ गते -काठमाडौं VS मकवानपुर
  • फागुन ११ गते -चितवन VS सिन्धुपाल्चोक

सेमी फाईलन

  • फागुन १२ गते -पहिलो समुहको विजेता VS तेस्रो समुहको बिजेतो
  • फागुन १२ गते -दोस्रो समुहको विजेता VS समुह पहिलो दोस्रो तेस्रोको उत्कृष्ट विजेता
  • फाईनल फागुन १३ गते -म्याच नम्बर १३ को विजेता VS म्यान नम्बर १४ को विजेता बीच

यी हुन्, धादिङका लागि खेल्ले धादिङ समाज धादिङका खेलाडीहरु

Coach : Gopikrishna Bhandari
Coach: Dipak Rana
Manager : Kamal Raj Dhungana
Players:

  • Bipin Kandel
  • Ravi Bhandari
  • Sarju Gurung
  • Bimal Tamang
  • Nirmal Gurung
  • Anmol Bhandari
  • Saroj Pandey
  • David Tamang
  • Suroj Gurung
  • Chaturman Tamang
  • Ishwor Tamang
  • Arjun Rokka,
  • Labish Thapa,
  • Tara Magar,
  • Rajesh Bhandari,
  • Urgen Sherpa,
  • Anil Tamang.