धादिङका लक्ष्मण मल्लले जिते ‘लिगलिगे साइकल दौड’

Avatar photo
Dhadingpost
फाल्गुन ८, २०७७

धादिङ फागुन ८ । धादिङ गल्छी गाउँपालिकाका लक्ष्मण मल्ल ‘लिगलिगे साइकल दौड’ प्रतियोगितामा प्रथम हुनुभएको छ ।

लिगलिगकोटबाट सुरु भएको साइकल दौड हर्मी भञ्ज्याङ–मुकुन डाँडा–आँपपिपल अस्पताल–बनटार–भण्डारथोक–चेपेपुल–चेपेघाट दोभान–हवाइग्राउन्ड–तालपोखरी–नगरपालिकाको कार्यालय–बाह्रपिर्के–लुइँटेल–वटडाडाँ–बिजुली डाँडा हुँदै पुन लिगलिगकोटमा आएर टुंगिएको उक्त साईकल दौड प्रतियोगितामा धादिङका मल्ल प्रथम हुनुभएको हो ।

एपीएफमा कार्यरत धादिङ गल्छीका मल्लले निर्धारित ५२.९ किलोमिटरको दुरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गर्दै उपाधि जित्नुभएको हो ।

प्रतियोगितामा नेपाली सेनाका हिमाल टमाटा उपबिजेता बन्नु भएको छ उहाँले निर्धारित दुरी २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पार गर्नुभएको थियो, यस्तै निर्धारित दुरी २ घण्टा ३६ मिनेट ५६ सेकेण्डमा पार गर्दै ओकेशराज बज्राचार्य तेस्रो हुनुभएको छ ।