धादिङ क्रिकेट अपडेटः भोली तीन खेल हुने

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०७७

धादिङ फागुन ७ । धादिङको बेनीघाट रोराङ स्थित चन्द्रोदय माध्यामिक विद्यालयमा जारी प्रतियोगिताको दास्रो दिन शनिबार ३ वटा खेलहरु हुने भएको छ ।

पहिलो खेल बिहान ७ बजे विशाल ज्योती क्लव बेनीघाट रोराङ र गणेश हिमाल क्रिकेट टिम नीलकण्ठ हुनेछ भने दोश्रो खेल बिहान १०ः३० बजे गजुरी क्रिकेट टिम गजुरी र नीलकण्ठ क्रिकेट टिम नीलकण्ठ हुनेछ, शनिबारको अन्तिम खेल दिउँसो २ बजे मलेखु क्रिकेट क्लव बेनीघाट रोराङ र कारु मेमोरियल ट्रष्ट बेनीघाट रोराङ बीच हुनेछ ।

प्रतियोगितामा १० टिम सहभागि भएको मा धुनीबेसी र साँङ्कोष आउट भैसकेका छन् भने बैरेनी र त्रिपुरासुन्दरीले विजयी सुरुवात गरेका छन् ।