
धादिङ फागुन ७ । धादिङको धुनीबेसी नगरपालिका ९ निवासी सन्तोष राना क्षेत्रीलाई युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय युबा परिषद धादिङको अध्यक्षमा चयन गरेको छ ।
अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य समेत रहनु भएका राना क्षेत्री पछिल्लो समय केपी ओली पक्षमा खुलेर लाग्दै आउनु भएको थियो ।
